कराचीस्थित पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ। समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै केही आक्रमणकारीहरू मारिएको र घटनास्थलमा कारबाही जारी रहेको बताइएको छ। तर उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र…