नेपालका कोभिड-१९ सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति

नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ९ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन्।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुवेद पाण्डे सङ्क्रमितको सङ्ख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलिनसकेको बताए। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज कोभिड–१९…