जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्तापूँजी र बीमाकोष रहेको नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले सधैँ झै चालु आवको तेस्रो त्रैमासमा पनि आफ्नो ब्यवसायको आकार वृद्धि गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। नेपाल लाइफले यस अवधिमा खुद बीमाशुल्क ३ अर्ब २२ करोडले बढाएको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख…