शेयर कारोबार खुल्ने नखुल्नेमा आजको मन्त्रीपरिषद्को निर्णयमा भर पर्ने

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको शेयर बजारको कारोबार खुल्ने बुधबार बस्ने मन्त्रीपरिषद्को निर्णयमा भर पर्ने भएको छ । बुधबार सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएको खण्डमा आगामी आइतबारदेखि सेयर बजार खुल्नेछ तर उच्च स्तरीय समितीको सुझाव बमोजिम लकडाउनलाई निरन्तरता दिए बजार नखुल्ने जनाइएको छ ।…