वाणिज्य बैंकहरुले ६ महिनामा तिरे सरकारलाई १३ अर्ब रुपैयाँ आयकर

चालु आर्थिक वर्षको ६ महिना अवधिमा २७ वाणिज्य बैंकहरुले १३ अर्ब ४० करोड ५२ लाख रुपैयाँ आयकर तिरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार पुस मसान्तसम्ममा सो रकम बराबरको कर बुझाएका हुन्। बैंकहरुले सरकारलाई कर वापत बुझाएको यो रकम बोनस र कर अघि आर्जन गरेको नाफाको औसतमा…