शेयर बजारमा पछिल्लो समय छोटो समयका लागि लगानी गर्ने लगानीकर्ता हाबी भएका छन्। तुलनात्मक रुपमा चनाखो लगानीकर्ताको रुपमा मानिने अल्पकालीन ('सर्ट टर्म') लगानीकर्ता सक्रिय हुँदा बजारमा उच्च अंकको उतार चढाब आएको हो। अल्पकालीन लगानीकर्ताले बजारमा सानो सूचनालाई लिएर हल्ला फैलाएर शेयरमूल्य बढाउने र नाफा बुक गरीहाल्ने प्रवृत्तिका कारणले बजार सूचक एकै पटक ठूलो अंकले घट्ने…