नेपाल स्टक एक्सचेञ्जमा बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको हो । नेप्सेले बोनसपछिको समायोजित मूल्य प्रतिकित्ता १९५ रुपैयाँ २४ पैसा कायम गरेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा पच्चिसौं…