ब्याजदरको तुलनामा मुद्रास्फीति बढी हुँदा पैसाको मूल्य घट्दै

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बचत राखिएको पैसाको वास्तविक मूल्य घट्दै गएको देखिएको छ । एकातिर बैंकहरूले निक्षेपमा दिने ब्याजदर लगातार घट्दै जाँदा र अर्काेतिर मुद्रास्फीति बढिरहदा बचतकर्ताको पैसाको क्रयशक्ति कमजोर बन्दै गएको हो । अर्थविद्हरूका अनुसार अहिले बैंकमा पैसा राख्दा पाइने ब्याजले महँगी धान्न नसक्दा बचतकर्ताले वास्तविक रूपमा घाटा व्यहोर्नुपरेको छ…