प्रभु बैंकका ग्राहक तथा कर्मचारीले युनाइटेड रेफरेन्स ल्याबोरेटरीको सेवाशुल्कमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेड र पोखरास्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली (युआरएल)बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने ल्याव सेवाशुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त समझदारी पत्रमा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैंकका सह–सम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स…