राष्ट्र बैंक मौद्रिक व्यवस्थापनमा सक्रिय भएसँगै ब्याजदर स्थीरता उन्मुख

नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनमा सक्रियता देखाएसँगै ब्याजदर स्थीरता उन्मुख देखिएको छ । चालु आर्थिक वर्षमा मौद्रिक नीति मार्फत बैंकदर बढाएपछि थप बढ्न नदिन राष्ट्र बैंक सक्रिय हुँदा ब्याजदरमा अस्वभाविक उतारचढाव रोकिएको हो । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदर समेत बढ्न नदिन सरकारी ऋणपत्र समेत आफैले खरिद गरेर ब्याजदर नियन्त्रण गरेको छ ।…