बैंकमा अन्य प्रकृतिको खाताको पैसा मुद्दतीमा सिफ्ट, निक्षेपकर्ता चलाख हुँदा बैंकको खर्च बढ्यो

बैंकिङ क्षेत्रले वेवास्ता गर्दै आएको भए पनि पछिल्लो समयमा निक्षेपकर्ताले पनि चलाखी अपनाउन थालेका छन् । बैंकहरुले सधैँ ऋणीलाई मात्र प्राथमिकतामा राख्न थालेपछि निक्षेपकर्ताले पनि ब्याजदरको उतार-चढाव अनुसार निक्षेपलाई सिफ्ट गर्न थालेका हुन् । चालु आर्थिक वर्षको सुरुवातदेखि बैंकिङ क्षेत्रको ब्याजदर बढ्न थालेको थियो । ब्याजदर बढ्न थालेसँगै सर्वसाधारणले चल्ती बचत खातामा राख्दै आएको रकम…