बैंक वित्तीय संस्थाको आधार ब्याजदर कोभिड अघिको भन्दा माथि जान सक्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले बैंक वित्तीय संस्थाको आधार ब्याजदर अझै बढ्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको सुझाव संकलनको क्रममा गभर्नर अधिकारीले उद्योगी ब्यवसायी तथा बैंकहरुलाई आगामी दिनमा आधार ब्याजदर अझै बढ्ने अवस्था रहेको बताएका हुन् । उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको गभर्नर अधिकारीले बताए ।…