नबिलसंग मर्जरको हल्ला चलाएर आधा दर्जन संस्थाको शेयर मूल्यमा चलखेल

अर्थतन्त्र विपरित शेयर बजार निरन्तर सुधारको गतिमा देखिएका बेला सबल कम्पनीको नाम जोडेर कमजोर कम्पनीको शेयर मूल्यमा चलखेल गर्ने क्रम बढेको छ । पछिल्ला दिनहरुमा नबिल बैंकसंग मात्र नाम जोडेर आधा दर्जन कम्पनीको शेयर मूल्य कृत्रिम रुपमा बढाइएको हो । धितोपत्रको दोस्रो बजारको ‘ब्लु चिप’ शेयर मानिने नबिल बैंकसंग मर्जरको हल्ला फिजाएर साना तथा तुलनात्मक…