प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा…