बैंक वित्तीय संस्थाबाट कर्जा लिने उद्योग/व्यवसाय ७३ प्रतिशत

सञ्चालनमा रहेका उद्योग व्यवसायको स्रोत जुटाउने आधार भनेको बैंक वित्तीय संस्था छ । उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी जुटाउनका लागि बैंक वित्तीय संस्था नै प्रमुख माध्यम रहेको स्पष्ट भएको हो । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार सर्वेक्षणमा सहभागीमध्ये ७२.९ प्रतिशत उद्योग/व्यवसायीहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएको देखिएको छ ।…