बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान दिने निर्णय

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने खाद्यान्न संकट समाधानलाई ध्यान दिँदै नगरपालिकाले अनुदान दिने निर्णय गरेको हो । उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताए।…