प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला सरकारले गरेको बेवास्ता र लापरवाहीको परिणाम अहिले मुलुकले ग्रे लिस्टमा पर्ने खतरा बढेको बताएका छन् । उनले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बैठकमा सम्बोधन गर्दै सरकारले समयमै काम नगर्दाको परिणाम मनी लाउन्डरिङको मुद्दामा देखा परिसकेको बताएका हुन । सरकारले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद्ले पारित गरेन भने सरकारले वैकल्पिक व्यवस्था…