लगानीकर्ताहरूलाई समस्याको जानकारी समयमै गराउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् ।  आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन् । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने बताउँदै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका थिए । ‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर…