अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । स्टकका अनुसार अरुण भ्यालीको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको गत असोज २४ गते सम्पन्न चौबिसौँ वार्षिक साधारण सभाले उक्त बोनस अनुमोदन गरेको थियो ।…