विद्युतीय कर प्रणालीलाई सरलीकृत गर्न व्यवसायीको आग्रह

उद्योगी व्यवसायीहरुले विद्युतीय कर प्रणाली सरलीकृत गर्न आन्तरिक राजश्व विभागलाई आग्रह गरेका छन् । आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंद्वारा संयुक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालीको उपयोग र आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा आयोजित अन्तरक्रिया व्यवसायीहरुले करसँग सम्बन्धित अनलाइन सेवाहरु सरलीकरण गर्न सुझाव दिएका हुन् ।…