सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आज भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताए । “हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौं रुपैयाँ पैसा थुपारेका छन्”, मुख्यमन्त्री पोखरेलले…