ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । तीनवटै कम्पनीले पुस ९ गते शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस समायोजन गरी मूल्य निर्धारण गरिएको हो । नेप्सेले ज्योति विकास बैंकको ११ प्रतिशत बोनसपछि प्रतिकित्ता ४०३.१५ रुपैयाँ, एनएमबि लघुवित्तको २१.५० प्रतिशत…