प्रहरीद्धारा ६५ हजार नगद सहित ६ जुवाडे पक्राउ

नेपाल प्रहरीले ६५ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका–४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र ३ बुक तास सहित पक्राउ गरेको हो…