माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यु.आर. कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वैशाख ३ गते नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्यु.आर. कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा बैंकले सुरु गरेको क्युआर कोड…