सुनचाँदीको भाउमा बिहीबार पनि वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३३५ रुपैयाँ तोकिएको छ…