नेपाली बजारमा विसं २०७८ सालको पहिलो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुन तोलाको ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।…