चालु आर्थिक वर्षको कातिक महिनामा मात्र देशको शोधनान्तर स्थिती ९ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा १०१ अर्ब ९ करोड पुगेको शोधनान्तर स्थिती कात्तिकमा ११० अर्ब ६५ करोड बचतमा पुगेको हो। चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ ।…