प्रसारण लाइन निर्माणमा ढिलासुस्ती: १५ महिनामा सकाउनुपर्ने आयोजना ११२ महिनामा पनि अधुरै

नेपाल विद्युत प्राधिकरण, आर्थिक प्रशासन विनियमावली, २०६८ को विनियम १९ (४) कार्यक्रम अनुसार निर्धारित समयभित्र प्राप्त गर्नुपर्ने र कामको गुणस्तर सन्तोषजनक हुनुपर्ने व्यवस्था छ। तर महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा भने अधिकांश निर्माणाधीन प्रसारण लाईन परियोजनाहरू प्रगति सन्तोषजनक नभएको र तोकिएको समयमा सम्पन्न हुन नसकेको अवस्था औंल्याइएको छ। प्रतिवेदनमा रोचक कुरा त के छ भने…