अहिलेसम्म ७० जनाले पराजित गरे कोरोना, तीन दिनमा ३३ घर फिर्ता

कोभिड–१९ को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार आजमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो । बुधबार…