पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट आफ्नो आमा गुमाएका सिन्धुपाल्चोकका बालकलाई कक्षा १२ सम्म निशुल्क अध्ययनको तथा उच्च शिक्षा पश्चात् रोजगारीको समेत ग्यारेन्टीको जिम्मा लिने घोषणा गरेका छन्। बस्नेतले कोरोना भाइरसको कारण नेपालमा पहिलो मृत्युवरण गर्ने सिन्धुपाल्चोककी महिलाबाट जन्मिएको नवजात शिशुलाई हाल…