भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ। बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।…