तेह्र अध्यागमन अधिकृत विरुद्ध मुद्दा दायर,विचौलियालाई सघाउ पुर्याएको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पुर्याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको…