मध्यभोटेकोशी जलविद्युतको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित भोटेकोशी र चाकुखोला दोभानदेखि बाह्रविसे नगरपालिका–१ जम्बुस्थित विद्युत्गृहसम्मको सात हजार १२४ मिटर सुरुङमार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिए ।चिलीमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु…