पोखराको न्यूरोडमा भीषण आगलागी (भिडियो) , ३२ सटर जल्दा करोडौं नोक्सान

कास्कीको पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मिनी मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव ३२ वटा सटरमा क्षति पुगेको छ । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा…