पूँजीगत लाभकर गणनाको विवाद समाधान गर्न अर्थमन्त्रालयमा छलफल जारी

शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणना विधि र प्रक्रियाको विवाद पूर्ण रुपमा साम्य पार्न अर्थमन्त्रालयमा लगानीकर्ता तथा सरोकारवाला निकायबीच छलफल भईरहेको छ । यस अघिका पटक पटकका छलफलले ठोस निष्कर्ष निकाल्न नसकेपछि बुधबार अर्थमन्त्रालयले निर्णायक छलफलका लागि लगानीकर्ता र पूँजीबजारका अन्य सरोकारवाला निकायहरुलाई बोलाएको हो । राजश्व सचिव लाल शंकर घिमिरेले अर्थमन्त्रालयमा बुधबार बोलाएको छलफलमा…