लेखापरीक्षणका क्रममा हुने बेथितिको अन्त्य गर्न लेखा परीक्षणको अभ्यास परिवर्तनको तयारी

महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा हुने बेथितिको अन्त्य गर्न लेखापरीक्षणसम्बन्धी वर्तमान अभ्यास परिवर्तन गर्ने तयारी गरेको छ । नेपाल अडिटर्स एसोसिएशन (अडान) को १४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले विश्वव्यापी रु पमा लेखापरीक्षणको नयाँ नयाँ ढाँचा प्रयोगमा आइसकेकाले परम्परागत पद्धति परिवर्तनको तयारी थालिएको बताए । यसै वर्षदेखि लेखापरीक्षणको अभ्यास परिवर्तन…