बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिनु शङ्कास्पद: देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन । नेपाली काङ्ग्रेस गोरखाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताए । सभापति देउवाले भने, “नेपालीसँग पैसा छ,…