एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्न बैंक खोज्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो ।…