काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न नदिन पुँजी बजार सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । साथै मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोडलाई हटाउन कार्यदलले सुझाव दिएको छ । अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदनमा लगानीकर्ताले माग गर्दै आएको यो सीमा हटाउन सुझाव दिइएको हो ।…