महालेखाको कार्यालयले तोकिएको समयमा प्रसारण इजाजतपत्र नवीकरण नगराउने प्रसारण संस्थाको अनुमतिपत्र रद्द गराउन सूचना तथा प्रशारण विभागको ध्यानकर्षण गराएको छ । महालेखाले सूचना तथा प्रशारण विभागबाट इजाजत लिएका २०२ टेलिभिजन र ६५ एफ.एम. रेडियोले प्रसारण इजाजतपत्र प्राप्त गरेको देखिएको र ती संस्थाहरूमध्ये १४५ टेलिभिजन र ९ एफ.एम. रेडियोसमेत १५४ संस्थाले २०७८ आषाढ मसान्तसम्म इजाजत पत्र…