हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा यस क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र…