सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँ गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको भाउ सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको भाउ प्रतितोला ९८ हजार ९०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९८ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २६५ रुपैयाँ…