सुनको मूल्य बिहीबार ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा आज बिहिबार छापावाल सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी महासंघका अनुसार आज बिहिबार तेजावी सुनको मूल्य पनि ८०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ भाउ तोकिएको छ…