शुक्लाफाँटा नगरपालिकामा टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेट लगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ । अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम…