डोकोमा नोट बोकेर जिल्ला जानुपर्ने अवस्थाको अन्त्यले डिजिटल भुक्तानीको विकास झल्किन्छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै गर्भनर अधिकारीले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताए । पछिल्लो २ बर्षमा नेपालको अर्थतन्त्र व्यापाक रुपमा डिजीटलाइज भएको उनले बताए ।…