लकडाउन उलङ्घन गर्ने २४२ सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने २४२ सवारीसाधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे २२६ र चारपाङ्ग्रे १६ रहेका महाशाखाले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत १७ गते साँझसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो। अटेर गरी सवारीसाधन सञ्चालन…