भारतमा रेलका पाँच हजार डब्बालाई आईसोलेशन कक्षमा रुपान्तरण गरिँदै

कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि भारतमा रेलका ५ हजार डब्बालाई आईसोलेशन कक्षमा रुपान्तरण गर्न थालिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एकान्त ठाउँमा संक्रमितहरुलाई राख्ने योजना बनाउँदै भारतीय रेल्वे विभागले रेलका डब्बालाई उपचार कक्षमा परिणत गर्न थालेको हो । विभागले २० हजार डब्बालाई क्वारेन्टाइन तथा आईसोलेशन कक्षमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।…