उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाउन साझा पार्टीको सुझाव

साझा पार्टीले कोभिड–१९ को सङ्क्रमणले निम्त्याएका र निम्ताउनसक्ने विभिन्न सङ्कटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञसमितिको गठन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखिएको सुझावपत्र आज पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा. सूर्यराज आचार्यले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…