देशभर ९१ प्रतिशत धान रोपाइँ, मधेसमा ७६ प्रतिशत मात्र

काठमाडौँ । हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २५ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६.८५ हेक्टरमा धान रोपिएको हो । गत वर्षको साउन २७ गतेसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार अहिले देशभर…