प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष न्यून बजेट पाउने

प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९\०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आर्थिक वर्षमा पाउने बजेट घट्ने देखिएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष न्यून बजेट पाउनेछन् । उनीहरूले यस वर्ष पाएको बजेटभन्दा आउँदो वर्ष तयार पार्नुपर्ने बजेटको सीमा (सिलिङ) को आकार घटाएर पठाइएको छ…